स्कुलमा हुँदा मलाई सधैं एउटा दाजुको चाहना मनमा आउथ्यो । मेरा प्राय सबै साथीहरु परिवारका साना थिए । म चाँही ठुलो, मेरो एक जना भाइ । मेरो अलिक मिल्ने साथीहरुको कि त दिदी कि त दाइ कि त दुबै थिए । उनिहरु आफ्नो दाइ - दिदीको प्रसँग सुनाउदा, स्कुलमा केही घटना हुँदा उनिहरुका दाइ - दिदी जसरी खोज्न आउथे त्यो देखेर सायद मलाई पनि protective figure को इच्या भएको होला । तर मलाई अहिले पनि याद भएको कारण चाँही जब म अप्ठेरो होमवोर्क गर्न सक्दिन थिए र मेरो साथीहरु दाइ - दिदी को मद्दत ले गरेर ल्याउथे, त्यती बेला खुब इच्या लाग्थ्यो मेरो भाइ, भाइ नभएर दाजु भएको भए भन्ने । दिदी नभएर दाजुकै इच्या किन आयो त्यो थाहा छैन, सायद भाइ को सट्टा दाजु भन्ने परेको होला । पछी यो कुरा आँफै बिर्सिदै गए ।
मन न हो कहाँ काबु मा बस्छ र ? बिगत ८-१० बर्ष यता फेरी तेस्तै अर्को कुर मनमा आउने, बेला बेला । यो पटक चाँही : मेरो दिदी-बहिनी भए ! बिशेष गरेर त्यस्तो अवस्थामा जब मनमा छट्पटी हुन्छ र कोसैलाई केही भन्न सक्दिन, जब कुनै कुरा आमालाई भन्दा उन्लाई थप पिडा हुन्छ त्यती बेला एक्दमै दिदी-बहिनीको अभाव महसुस हुने रहेछ । दिदी-बहिनीहुँदाको सुन्दर पक्ष भनेको नै जीवन भरको लागि बीस्वासिलो साथी, जो सँग सुख दु:ख पर्दा, कम्जोर हुँदा, अप्ठ्यारा अfइपर्दा, रिस उठ्दा, दिमाग र मनले काम नगर्दा पनि उही उस्तै साथ रही रहन्छ । हुन त त्यस्तो साथ अरुसँग पनि नहुने होइन तर एउटै थालमा खाएर, एउटै कपडा लगाएर, बिना कारण झगडा हुँदा आमाको गाली सुन्दै, आफ्नो पहिलो BF र dating को खुसुर फुसुर गफ गरेर हुर्किदा हामी जती नजिक हुन्छौ र एक अर्का प्रती बिस्वास बनाउदै जान्छौं शायद त्यो अपेक्षा अरुसँग एक दमै कम हुन्छ ।
हो मैले यस्तै दिदी-बहिनीको कुरा गरेको, जो मेरो घरमा छैनन् । तर म हुर्किने क्रममा धेरै जनासँग भेट भयो, संगत भयो । ति सबैले कुनै न कुनै समय मलाई sisterhood को आभास दिलाए । तर कोही छन् जो मेरो मनमा हर दम बस्छन्, जोस्लाई म हर दम सम्झिन्छु , खुशी हुँदा र दुखी हुँदा पनि । Sisters भन्दा सबै भन्दा पहिला मेरो दिमाग मा आउने तिनै नामहरुलाई यो भाइ टिका को अवसर मा यो मेरो पानाजीवन भरलाई । शायद मैले कहिले पनि यो कुरा गर्दिन होला तर मेरो सम्झनामा सधैं
आउने यादहरु ।
१) मेरो बाबा को फुपुको छोरा पट्टिको नतिनी हरु - दिलु दि, आशा दि, उषा र ईशा
दिदी-बहिनी भन्न साथ मेरो दिमागमा आउने यि चार नामहरु हुन् । मैले सम्झे अनुसार मैले दिदी भनेर मन ले सम्बोधन गरेका ब्यक्ती हरु हुन् दिलु दि - आशा दि, उषा र ईशा मेरो "my dear" हरु । म उनिहरुलाई अर्को आमा ले जन्माइ दिएक दिदी-बहिनीहरु ठान्छु । देमा (ठुली आमा ) अर्थात दिदीहरुको आमा र मेरो आमा को सुख-दु:खको साथ ले गर्दा हामी पनि नजिकियौ, सानैबाट । मलाई याद छ , स्कुलको लामो बिदा हुँदा आमाले हामीलाई देमाकोमा लगे हुन्थ्यो नि वा देमा-दिदीहरु हाम्रोमा आए हुन्थ्यो नि जस्तो लग्थ्यो । मलाई सानोको यस्तो चाहन भवनिपुर मावला बाहेक अन्य आफन्तको लागि याद छैन ।
आशा दिदी, मेरो दिदी तर थोरै अन्तर ले मात्र, हामी समकालिन साथी, एउटै ब्याचका SLC अनी सँगै काठमन्डौ पढ्न आएका । काठमन्डौका सुरुका दिनहरुमा हामी लाटीहरु जस्तै काकाहरुको पछी पछी हिड्थ्यौ । मलाई दिदी पढ्ने भनेको कलेज मन परेन त्यही भएर म Little Angel's मा र दिदी Prasadi Academy मा भर्ना भयौ, दुबै जना कलेजको होस्टलमा बस्ने गरी । म अलिक बदमाश भएर होला त्यती परको कलेज बाट पनि हप्तै पिछे जस्तो बाहिर निस्कन्थे । अनी बेला बेलामा दिदीलाई भेट्न दिदीको होस्टल जान्थे । अहिले सम्झिदा अचम्म लाग्छ, म के सम्झेर दिदीको होस्टल जान्थे होला । होस्टलमा कोही भेट्न आउँदा मलाई खुब राम्रो लाग्थ्यो तर त्यस बेला हामी दिदि-बहिनीलाई भेट्न आउने आफन्त कोही थिएन । त्यसैले मेरो दिदी भनेर जन्थे हुला । आशा दिदीको मलाई दुइटा कुरा याद आउछ । हामी सानो हुँदा, दिदी कहिले कही हाम्रो तरहरा को घरमा आउनु हुन्थ्यो । एक पटक अंबक को सिजन थियो क्यारहाम्रो पोखरीको डीलमा अंबक मज्जाले फलेको थियो हामी खेल्दै त्यता पुग्यौ । अंबक देखेर दिदी ले किन नटिपेको सोध्नु भयो, मैले त्यो माथि छ, रुख चड्न आउँदैन भने । दिदीले म सिकाइ दिन्छु, यसरी हो भनेर फुत्-फुत् चाडनु भयो अनी माथि-माथि भको अंबक टिप्नु भयो । म तल बसेर मज्जा मानेर वाsss भन्दै हेरे । मलाई साची कै दिदी क्या खतरा लागेको त्यो बेला । पछी देमा लाई पनि सुनाए । देमा ले बाँदर किन नचड्नु भनेर हसाउनु भयो । अर्को चाँही , पछी हामी काठमाडौं पढ्न आउँदा हामीलाई होस्टल छिर्नु भन्दा पहिला, गोपाल काकाले हामीलाई ट्याक्सीमा खुब घुमाउनु हुन्थ्यो । एक दिन फोहोरी अनी गनाउने ठाउँमा लग्नु भयो । सुङुर पालन गरेको थियो । यसो सम्झिदा कुनै सुकुम्बसी बस्ती थियो क्या हो । त्यो ठाउँ देखाएर काकाले " तिमीहरु नपढेर फेल भयो भने यही सुङुर गोठाला राख्दिन्छु" भनेर भन्नु भयो । दिदी त ज्ञानी, मेहेनत गर्नु भयो, पढ्नु भयो अनी अहिले paediatrician
हुनु भयो तर म उस्ता को उस्तै, आमा ले भन्नु हुन्छ नि हाउडे ।
उषा र ईशा सानो भएको कारण पछी मात्र सँगै भयौ तर अत्ती रमाइलो । उषा र म पाटन सुन्धाराबाट जर्किनमा पानी बोक्दा,"दिदी मान्छेले सोच्दा होलान काठमाडौंमा बसेर खुब मस्ती गरेको होला भनेर यहाँ आफुलाई पो थाहा छ यसरी लाइन बसेर पानी बोक्नु पर्दा को पिडा" भन्दै पानी बोकेको, कोका खोला घुम्न जादा हिंड्न नसकेर, "जबो दुई किलो मासु पोलेर खानलाई किन येत्रो हिंड्नु, अब धेरै उता नजाम” भन्दै रिसाएक यादहरुले अहिले पनि रमाइलो अनुभब दिलाउछ। उषा र म दुबै ठुलो स्वर भएका हरु, बोल्ने र हास्नु त रेकर्ड कायम । भेट हुँदा त के चहियो र? आमाहरु भन्चन, "यो दुई भेट्यो भने त घर भत्किन्छ" अनी ईशा को कमेन्ट चाँही, "जोस्को आमाहरु एस्ता छन् उस्को नानीहरु चाँही इत्रु आवाजमा पनि तर्सिन्छ" रे । उषा रिसाउदा त फेरी बाफ्रे, डेन्जर ! उषा र म पस्छिम तिर विवाह भयो, म रुकुम, उषा पर्बत । तर उन्को मेरो भन्दा पहिल बच्चा भएकोले गर्दा, मेरो छोरी हुँदा उन्ले ठुलो सहयोग गरिन् । म छोरीलाई दुध खुवाउन संघर्श गर्दा उनी नै हो मलाई शाहस र आट दिने । केही गाह्रो परे म आमालाई उषा कै नाम दिन्थे र अहिले पनि मेरो सल्लाहाकार उनै ।
कान्छी बुइनी ईशा, राम्री , नक्कली- फेसनेबल भनौ , टाठी-बाठी, कुरा सुन्ने-बुझ्ने, निडर, बुझक्की अनी छुची पनि । मेरो अहिलेको कुरा सुन्दिने, काम अराउने-पठाउने मान्छे । दिदीहरुलाई खुब उडाउछिन्, एस्तो उस्तो भन्दै । हुन त उनी अरु नजिकको मान्छेहरुलाई पनि छोड्दिनन् । ईशा र मेरो भाइ उही उमेरका, खुब मिल्छन अनी झगडा पनि उत्तिकै । मेरो लागि भने दुई जना उस्तै, जे जस्तो भए पनि भाइ बहिनी भनेर मन पग्लिहल्ने । मेरो लागि मेरो भाइको जे अर्थ लाग्छ, ईशा पनि त्यही ।
२) सुष्मा उर्फ susham4
सुष्माको बसाइ बसुन्धारा । सुष्माको मम्मीले मलाई ,"यो तिम्रो काठमाडौं को माइत" भन्नु हुन्छ र मलाई पनि त्यो घर मलाई मेरो माइत नै हो जस्तो लाग्छ । मेरो काठमाडौंमा एक मात्र प्रीय जाने ठाउँ । जहाँ गएर म झोल एउटा कुनामा फ्याकेर, खुट्टा पसारेर TV हेर्दै मलाई आज यो यो खानु मन छ भनेर निर्धक्क भन्न सक्छु । शायद यती काफी छ हाम्रो सम्बन्ध को चुरो बुझ्नलाई ।
काठमाडौं बहिरकाहरुको लागि काठमाडौं बहुत निर्दयी बनिदिन्छ त्यसैले होला मानिसहरु काठमाडौंलाई गाली गर्छन्, तर मेरो लागि काठमाडौं मायालु शहर जहाँ मैले मेरो मायालु साथी सुष्मालाई भेटे । मैले काठमाडौं पढ्न आएर कमाएको एक मात्र कुरा भन्नु परे मेरो लागि त्यो नाम हुन्छ सुष्मा ।
मेरो कान्छा काका, जो मलाई लिएर काठमाडौं आउनु भएको थियो, ले भनेको अनुसार सुष्मासँग पहिलो भेट कलेजको ड्रेस किन्ने पसलमा भएको रे तर मलाई याद छैन। मलाई याद भएको त होस्टल पसेको दिन म चाँही डर र सङ्कोच भरिएको दिमाग लिएर हिडिरको बेला, एक हुल होस्टलको केटीहरुको माझ एक जना पातलि, सानो सानो चिम्सा आँखा भएकी हसिली केटीलाई देखाएर काकाले, “उ त्यो हो तेरो अबको साथी, कती छिटो आएर घुलमिल भाइ सकेछ, त चाँही के रुन लग्या जस्तो गरिरा " भन्नु भयो । म त्यो निर्भिक केटीलाई हेरिरहे अनी मन मनै भने, " कस्तो यही को भैसक्या रहेछ, आफ्नो साथीको ग्याङ पनि बनाइसक्य, हामी के साथी हुम्ला र ?" तर मैले सोचेको भन्दा उल्टा भयो । त्यो बेला देखी अहिले सम्माको हाम्रो सम्बन्धमा एउटै माया र सम्मान मा कायम छ ।
म स्कुल रहुन्जेल कही पनि नगएको केटी, १० कक्षा हुँदा साथीहरुसँग एउटा पिक्निक गए, बस् त्यती । एकै चोटि नयाँ अनी ठुलो शहर को ठुलो कलेजमा होस्टल बस्नु मेरो लागि डर अनी चुनौती पूर्ण थियो । मेरो स्कुले साथीको दिदीहरुले काठमाडौंमा त हामी बहिरबाट गएकोहरुलाई हेप्छ, खिल्ली उडाउछ भन्नु हुन्थ्यो, त्यही कुरा दिमागमा बसेको थियो। तर होस्टलको त्यो दुई बर्षको बसाइ र त्यस पछीको काठमाडौंको डेरा बसाइमा सुष्मासँग मेरो अनगिन्ती रमाइल दिनहरु बिते। मेरो single life को महत्वपूर्ण समय हरु । एउटै घरको दिदी बहिनी बिच हुने सम्बन्धको अनुभब मलाई सुष्माले गरायो । एउटै थालमा खाने, कपडा-बेड सेयर गर्ने , शनिबार ३-४ बाटा कपडा धुने, शपिङ गएर सबै पैसा सक्ने, परेको बेलासँगै झगडा गर्न जाने, एक अर्काको सुख-दु:ख बुझ्ने, मलाई परेको मर्का नभने पनि बुझ्दिने, म कोठा ढिलो आउँदा ११-१२ बजे सम्मा कुरेर गेट खोल्दिने, एक अर्कासँग रिसाउदा चुप लागेर सुत्ने अनी भोली बिहान दिमाग-मन सबै फ्रेश । होस्टलबाट बहिर जान र भाडामा सिनेमा लिएर हेर्न गरिने मेहनत, रितिक रोशनको सिनेमा first show हेर्न कसरत, हेलम्बु ट्रेक, चबहिलको प्राइभेट होस्टलबाट डेरा बस्ने योजना अनी त्यस पछी घरबेटीको हेपाइ र पानीको समस्याले ल्यएको दु:खहरु, लियो क्लबका कार्यक्रमहरु, कमलाक्षिको बिच सडकमा अरुसँग परेको झगडा, हाम्रो दादा जस्ता फेशन, Wimpys को लन्च अनी non-stop पार्टीहरु । यो सबै काठमाडौं भोगाइहरु हाम्रो साझा सम्झना । हामी येती लामो समयसँगै बस्यौ कि मान्छेहरु छक्क पर्थे, कोहीले," यती समय बिना कुनै समस्या नभै त lesbian हरु मात्र बस्न सक्छन् है " भनेर मजाक पनि गर्थे । तर हामीलाई थाहा छ हाम्रो सम्बन्ध कती चोखो भनेर ।
एक समय मलाई आफु सुष्मा कै दिदी बहिनी हुँ जस्तो लग्थ्यो । सम्झेर ल्याउदा एस्तो लाग्छ, सुष्मा नभएको भए काठमाडौं बसाइ यस्तै सुखद रहन्थ्यो होला? अहं । सुष्मासँग मैले धेरै कुर सिकेको छु । खाना बनाउने, कपडा लगाउने जस्ता सामान्य कुर देखी लिएर, सम्बन्धलाई मुल्यवान बनाउनेदेखी जिबन डोराउने बिचार बुन्न सम्म । मलाई सुष्मा बेला-बेला दार्शनिक लाग्छ, बेला-बेला जिद्धी भने कोही बेला अती धैर्य गर्न सक्ने धैर्यबान । बिछट्टै राम्री त होइन तर she has a heart of gold . त्यसैले त उ सँग संगत गर्ने जो कोसैले पनि उस्को प्रसंग्शा गर्छन् । सुष्माको एउटा खुबी छ, मान्छेलाई सम्झाउन सक्ने, प्रस्ट, तर्क का साथ अनी मिठो बोलीमा । र त उस्को ड्याडी ले भन्नु हुन्छ, " तिमी सँग म कुरा गर्न सक्दिन" ।
कसैले भन्थ्यो जिबन साथी जस्तै मिल्ने साथी पनि पहिल्यै तय भएको हुन्छ रे । मेरो लागि सुष्मा तेस्तै ब्यक्ती हो, भगवानले मेरै लागि भनेर पठाएको । सुष्मा सिड्नी भएको कारण मैले पनि उता पढ्न जाने बिचार गरे र Australian
Award पाइ पनि हाले । तर मेरो bad luck म सिड्नी जाने बेला सुष्मा नेपाल आएर फर्केन । त्यसैले Darling Harbour मा हाम्रो कफि डेट अझै बाँकी छ ।
३) स्मिता
हुन त उनी मेरो नन्द हुन् तर परम्परागत नन्द-भाउजु भन्दा हामी भिन्न छौ । उनी मेरो बीबाहित घर को comfortable zone . र उनी एक जना त्यस्तो ब्यक्ती जो सँग म मेरी आमा बहेक मेरी छोरी निर्धक्क छोड्न सक्छु । तर उनी सँग बस्द कहिले कही मेरो धैर्य को बाधं टुट्छ । तीन दाजु को कान्छी बहिनी , शायद कान्छो हरु यस्तै पो हुन्छन् कि ? उस्को laptop, किन्द्ले, २-३ वटा किताब, २-३ वटा सिनेमा को CD भए अरु दुनियाँको बाल मत्लब । खान नि पर्दैन, टोइलेट गको पनि त्यहाँ पाउदिन म । भोली त म बिहानै जानु छ भनेको मान्छे, ११-१२ बजे खै त भनेर सोद्धा, "ढिलो भयो नि भाउजु अब नुहाउछु अनी गइ हाल्ने , केही खाने कुर छ ? " भन्दै किचन तिर पस्छिन । उस्लाई उस्को बेड बाट निस्कनै गाह्रो । खाना बनाउद फ्राइ त फ्राइ, झोल कुरा बनाउद पनि डडाउने । अजय स्मितलाई देखेर बेला बेला भन्छ, "मेरो बहिनी को ताल देखेर म त छक्क पर्छु " । हुन पनि स्मित भोली बिहान ७ बजेको एअरपोर्ट टाईम त्यो पनि अन्तराष्ट्रिय उडान, तर उ सँग टिकाट को प्रिन्ट नै छैन । तर उन्लाई एक दिन मुड चल्छ अनी घर मिसठान्न भोजन बन्छ। त्यो दिन अजय खुब खुशी हुन्छ । स्मिता को अर्को काम भनेको बाथ रुम टोइलेट टिलिक्क टल्काउने । तर सधैं होइन, कुनै एक दिन अथवा हामी कोसैले आर्ह्यए मा । नभनी त उनी सिन्का पनि उठाउदिनन् । तर यो कुर पुरा पुर गलत भयो जब उनी एक बर्ष गाउँ बसिन् । गाउँ भरी स्मिता जस्तो काम गर्ने कोही छैन भन्ने छाप छोडेर आए पछी, काठमाडौं मा किन र के का लागि मरी हत्ते गर्नु ?
यती भन्दा भन्दै मैले मेरो नन्द को कुरा काटेको पट्टक्कै होइन । यत्ती हो कि,उन्लाई घर-धन्दा मन पर्दैन, हुन त कोस्लाई पो मन पर्छ र ? कोसैलाई मन नपरे पनि कर ले गर्नु पर्छ, स्मिता लाई कहिलै गर्नु परेन र करकाप छैन, कान्छी नानी । स्मिता को बिचार नै खान बनाउदा समय खेर जान्छ रे, किन त्यती मेहनत गर्नु? भोक मरे त भयो नि भन्चिन् । उस्को पुरा मन, ध्यान, लगन नयाँ कुर सुन्ने, सिक्ने र पढ्ने मा छ । किताब को क्रेजी । उस्को रूम को किताब को र्यक पहिलो चोटि देख्ने जो कोही पनि चित खान्छन् । मैले आम्म्म्म्मा भन्दा, यो सबै किताब मेरो होइन है भनेर टारिन् । मैले पहिलो चोटि उनैलाई भेटेको जो किताब लाई पढ्ने मात्र नभएर किताबलाई माया गर्ने, सुम्सुमाउने, छाम्ने, सुघ्ने अनी आनन्द लिने । खैर, स्मिता अस्याधै अध्ययनशिल र गहन चिन्तन गर्ने मा पर्छिन । कुनै पनि कुरालाई मसिनो सँग केलौने क्षमता रख्छिन् । कुनै पनि कुरा लाई एकदम भिन्न कोर्ण बाट बिस्लेशन गर्छिन् । उस्को बिचार र लेखाइ मा त्यो कुरा प्रस्ट देखिन्छ । उनी सँग कुरा गर्दा म धेरै नयाँ कुरा हरु त्यहाँ पाउछु र सिक्छु । मेरो लागि google . com गर्नु भन्दा सजिलो तरिका भनेको स्मितालाई सोध्ने । कती कुरा मा हामी एउटै बिचार राख्छौ भने कती मा फरक पनि तर म उन्ले जती बैचरिक मन्थन गर्न सक्दिन । उन्को कबिता त म ठीक उल्टो बुझ्दो रहेछु, सिनेमा को कुरा पनि त्यस्तै । मेरो लेभल पुग्दैन ।
अरुले मनुन् या नमानुन् मेरो मन ले मानेक यो जुनीका दिदी-बहिनीहरु यिनै हुन्, जस्को मायाले मलाई सधैं बाधिंरहन्छ । मेरो दिदी बहिनीको रहर यिनै नामहरुसँग जोडीन्छन् र सधैं रही रहनेछन् । मेरो sisterly-cousins, friend, in-law.
![]() | ||
| Dilu Di |
Thank you for being in my
life and I wish to have you all in my every life. This sounds flimy but true.
अन्त्यमा - भन्न त Blood is
thicker than water भन्छन् । तर मैले मेरो bloodline को ७ जना दिदी-बहिनीहरु (first cousin) मध्ये कोहीसँग पनि
नजिक हुन सकिन । कोसै सँग मेरो रिस, इर्श्या केही पनि होइन तर खै कोही पनि म सँग नजिक
भएनन् वा हुन चहेनन् । शायद मेरो कोशीस मै पनि कमी होला, त्यसैले जोस्लाई मान्थे त्यो
पनि भ्रम रहेछ ।






you made me cry and laugh!
ReplyDeletethank you so much, bhauju.
love you always, with all my vices and virtues.
thank u for being there.... u all mean much to me
DeleteWish you two have this bonding till the end of life <3
ReplyDelete