Sunday, April 5, 2020

लकडाउन याद


यो बन्द आज दुइ हप्ता पुग्यो   मेरा लागि सुरुका दिनहरु सजिलै कटे दोस्रो हप्ताको सुरुवातमा छटपटी सुरु भयो मेरो घरको पानी ट्याङ्की रित्तिए पछि एक किसिमको डरले छोप्यो आखिर कहिले सम्म यो बन्द चलिरहन्छ लामो समय सम्म बन्द लम्बिए हामी कसरी जीवन व्यवस्थापन गर्ने भनेर दिमाग हल्लिन थाल्यो मेरा एक डुलुवा साथी यो बेला यहि लक भएको सगँ लामै सम्बाद भयो आफु कसरी तयार हुने ?, के के गर्ने ? सरकारबाट के हुनु पर्ने तर के भइरहेको ? जस्ता कुरामा हास्यौं, सिकायत गरयौ, अनी गाली पनि डर, पिर, शंका सँगसगै मनलाई चित्त बुझाउनै परयो अनि सेतोपाटीले सुझाएको Little Forest भन्ने सिनेमा हेर्न बसे

सिनेमा अहिलेको परिवेशमा मन मष्तिक्सलाई प्रकृतिको रमाइलो रगिंन दुनियामा पुरयाउने रहेछ जे होस् मलाई शितल महशुस भयो सगैँ त्यहाँ देखाएका अनेक खानाका प्रकारले मलाई पनि केही नयाँ कुरा बनाउन मन लाग्यो सिनेमा सकिए पछि दौडेर छतमा गए केही हरियो कुरा लिन लसुनको पात टिप्दा टिप्दै एक्कासी मलाई मेरी एक जाना प्यारीको याद आयो यो मन दिमाग पनि के हो के हो एकै छिन के सोचिरा हुन्छ, एकै छिनमा कहाँ पुग्छ

उनको नाम तेत्री खातुन, उमेर ३७, जति नै रौतहट चपुरबाट सोझै दक्षिण लागे पछि र्सवठा भन्ने चोकबाट पुर्व पट्टि लागेपछि उनको गाउँ पुगिन्छ मेरो कामको शिलसिलामा एउटा गोष्ठीमा चिनजान भएको बास सहितको दिने गोष्ठी गोष्ठीमा आफुलाई के ले खुशी बनाउछ, आफुले देखेको सपना के हो कसरी पुरा गर्ने भन्नेबारे चित्र कोर्ने, छलफल गर्ने विषय थियो हट्टाकट्टा देखिने, अग्ली, काली वर्णकी, ठुला ठुला गाजल लगाएको आखाँ तर डराएकी जस्ती देखिने उनी हाँस्दा एक दमै राम्री देखिन्थिन् पहिलो दिनदेखि नै उनी मेरी खास भइन् हरियो, गुलाबी रातो रगंको उज्यालो कुर्ता सुरुवाल उनको हाँसो मेरो लागि त्यो गोष्ठी भरिको याद आइरहने कुरा

उनी नेपाली भाष नबुझ्ने, मैले उनको बजिका भाषा नजान्ने । त्यही पनि ७ दिनमा हामी एक अर्काको चित्र र चित्रको अर्थ बुझ्न सक्ने र एक अर्कालाई भन्न खोजेको कुरा सवांद गर्न सक्ने भएका थियौं । सुरु देखिनै उनी मलाई प्यारी लागेकी भएर पनि म उनको खुशीका र सपनाका चित्रहरु खुब नियालेर हेर्ने गरिरहेको थिए । उनले देखेका सपना सरल र सुन्दर थिए । उनका चित्रहरु अवोध तर जिवित थिए । मलाई छतमा लसुनको पात टिप्दै गर्दा त्यही उनको चित्रमा कोरिएका उनका सपना कहाँ पुग्यो होला भनेर एक्कासी याद आयो ।

मैले उनको सपनाको साक्षि बसेको करिब १० महिना भएछ उनको सपना १++१=२ हुन्छ भने जस्तै सरल थिए ऐलानी जमिनमा सानो घर, श्रीमान चार बच्चाबच्चीसँग  बस्ने उनीहरुको जिवन दैनिक ज्यालादारीले चल्छ उनको सपनामा वर्षा समयमा पानी पस्ने हुदाँ त्यो सानो घरको जगलाई अलि अग्लो बनाउनु , जस्ताको छाना हाल्नु , स्कुल भर्ना गरे पनि बच्चा बच्ची स्कुल जादैनन्,  स्कुल नियमित जाने बनाउनु , बाख्रा पाल्न पाए आम्दानी हुन्थ्यो भन्ने लागेको सबै भन्दा रोचक उनलाई एउटा सुगा पाल्ने रहर उनको सपनामा कोरीएका धेरै चित्रहरु उनका परिवारसँग  सम्बन्धित थिए तर उनको आफ्नो खुशी त्यो एउटा पिजंडा, पिजंडा भित्र खाना पानी दिने दुइवटा साना कचौरामा स्पष्ट सँग कोरेकी थिइन् मलाइ यो सपना मन परयो यसको फोटो खिचेर लैजाम ? अरुलाई पनि देखाउछु ? भनेर सोद्धा  उनी उनी सगैँका अन्य पनि मस्तले लामो समय सम्म हासेँका थिए तपाइलाई के यस्तो मन परेको भनेर अरु साथीहरुले सोधे तर उनले केही भनिनन्, बरु लजाइन अनी हुन्छ भनेर अनुमती दिइन् त्यही अनुमतीको भरमा मैले यहाँ उनको परिचय खुलाए उनको त्यो पिजंडाको चित्र, पिजंडामा सुगा राख्ने उनको रहरको कल्पना गर्दा जीवनका अनेक बिम्बहरु जेडिन्छन् होला तर मसँग  त्यो केलाउने सामथ्र्य छैन मैले त्यती बेला के मात्र सोच्न सके भन्दा दैनिक मजदुरीबाट घर पुग्दा उनका आखाँले पिजंडामा सुगा देख्दा उनको मुस्कान कति सुन्दर देखिन्छ होला ? सुगालाई बोल्न सिकाइ सके पछि घर पुग्दा उनलाई तेत्री भनेर बोलाउदा उनी कति खुशी हुन्छिन् होला ?

बिचमा उनको घर दुइ चोटी पुगे त्यती बेला सम्म उनले बच्चाहरुलाई पिटेर भए पनि नियमित स्कुल पठाउन सफल भएकी थिइन, घरको जग उचो बनाउनकालागि केही सामानको जोहो गर्न सकेकी थिइन, एउटा पाठी किनेर ल्याएकी थिइन आफनो सानो खुशीलाई एकातिर राखेर परिवारको आवश्यकता पुरा गर्न मै तल्लिन थिइन् पिजंडा उनीसँग  पहिल्यैबाट रहेछ त्यो भित्र कचौरा सुगा राख्न बाकीँ थियो यती महिना बित्यो सुगा आयो कि आएन होला, आयो भने बोल्ने भयो कि भएन होला ? उनको त्यो सुगा पाल्ने रहर पुरा भयो भएन ? मनमा खुल्दुली भै रह्यो ।

सुगा एउटा कुरा तर त्यो बाहेक यो बन्दमा उनको परिवारको खबर के होला ? दैनिक ज्याला गर्ने उनी उनी जस्ताको भान्सामा खाना पाक्दै होला कि नहोला ? गाउँपालिकाको कार्यालय मस्जिद उनको घरबाट नजिकै भएको भएर, बिपद परेको भए पक्कै त्यो गाउँका उनी जस्ता सबैले साहयता पाइरहेका होलान्  भनेर अहिलेलाई चित्त बुझाए

(नोटःउनको फोटो चित्र हेर्न मन लाग्यो होला है ? सरी, मलाई किन किन राख्न मन लागेन )